नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापासँग मत दिने र लिनेको मात्र सम्बन्ध नभएको बताएका छन्।
झापालाई आफूले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै नसोचेको बताउँदै उनले आफू सुख/दुःखमा जहिल्यै झापालीसँगै रहेको उल्लेख गरे।
'झापाली स्नेह! मत दिने र लिनेको मात्र सम्बन्ध होइन यो। झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ, सुख/दुःखमा जहिल्यै झापालीसँगै रहेँ,' अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भने, 'कमल-७ की मायादेवी उप्रेतीले शीरमा हात राखेर आशीर्वाद दिनुभयो।'
प्रकाशित: २५ माघ २०८२ १६:२३ आइतबार





