१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

‘कांग्रेस इतिहासको त्यस्तो महामन्त्री हुँ, जसले पाँच वटा नोट अफ डिसेन्ट लेखिसक्यो’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दृष्टिकोणअनुसार पार्टीलाई उभ्याउन चाहेको ठाउँमा उभ्याउन नसकेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

‘मैले नेपाली कांग्रेस पार्टीलाई कहाँनिर उभ्याउनुपर्छ भन्ने कुराको सन्दर्भमा मैले चाहेको ठाउँमा पार्टीलाई उभ्याउन सकिनँ,’ महामन्त्री थापाले भने, ‘किनकि मूल उभ्याउने काम कसले गर्ने रहेछ? सभापतिले रहेछ । संगठन कसरी हाँक्ने ? कसरी लिएर जाने भन्ने कुरा मैले चाहेको जस्तो गर्न सकिनँ।’ त्यो पनि सभापतिले नै गर्ने उनले बताए। 

तर सभापति शेरबहादुर देउवाका सबै निर्णयमा आफूले ‘त्वम् शरणम्’ नगरेको महामन्त्री थापाले दाबी गरे। उनले भने, ‘मलाई लाग्छ म पहिलो महामन्त्री होला, जसले कांग्रेसको सायद लिखित÷अलिखित मान्यता पाउने गरी मेरो पाँच वटा त औपचारिक नोट अफ डिसेन्ट होला।’ 

कांग्रेसको महामन्त्रीका हैसियतले आफैले बैठक सञ्चालन गर्नुपरिहेको, प्रस्ताव लैजानु परेको विषय जिम्मेवारी रहेको पनि थापाले बताए।  ‘अन्तिममा निर्णय भएपछि पार्टीको निर्णय मैले पढेर सुनाउनु पर्छ,’ उनले भने । तर आफूले गरेको प्रस्तावमा छलफलपछि भएको निर्णय पार्टीको हितमा छैन भन्ने लागे लिखित असहमति राख्ने गरेको उनले बताए। 

प्रकाशित: ११ भाद्र २०८२ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App