१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, महत्वपूर्ण विधेयकमाथि छलफल

सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १:०० बजे बस्दैछ। आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ।  

त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। सो विधेयकमाथि प्राप्त भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।  

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: २० श्रावण २०८२ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App