१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरु भएको केहि बेरमै एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोक्दै उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाइन्। उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

प्रकाशित: २४ असार २०८३ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App