३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन: देशभर ३९ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर  करिब ३९ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ७४ लाख १४ हजार १ सय १ मत खसेको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मतदान कोशी प्रदेशमा भएको छ। कोशीमा ५८ प्रतिशत अर्थात् १३ लाख ५९ हजार ८ सय १६ मत खसेको आयोगले जनाएको छ।

त्यस्तै, मधेश प्रदेशमा ५४ प्रतिशत अर्थात १० लाख ९७ हजार ५ सय ७००, बागमती प्रदेशमा ५३ प्रतिशत अर्थात १० लाख ५५ हजार ९ सय २४ र काठमाडौं उपत्यकाकामा ५१ प्रतिशत अर्थात् ६ लाख २४ हजार ९ सय ३४ मत खसेको छ।

गण्डकी प्रदेशमा ४१ प्रतिशत अर्थात ८ लाख ५७ हजार १ सय ५९, कर्णाली प्रदेशमा ४२ प्रतिशत अर्थात ४ लाख ४४ हजार ४ सय ९३ र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत मतदान भएको छ। 

सबैभन्दा कम मतदान लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनीमा ३८ प्रतिशत अर्थात् १३ लाख ६७ हजार ९ सय ६६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।   

प्रकाशित: २१ फाल्गुन २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App