पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु भएको छ।
भट्टराईले हाल वैकल्पिक राजनीतिक ध्रुवीकरणको दिशामा विभिन्न दल र समूहका नेतासँग निरन्तर परामर्श थालेका छन्। सोही क्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, हालै माओवादी केन्द्र छाडेका नेता जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती लगायत व्यक्तिहरू सहभागी रहेको उनका सचिवालयले जनाएको छ।
भट्टराईको पहलमा भइरहेको छलफल हालको राजनीतिक गतिरोध, जेन–जी विद्रोह र बदलिँदो राजनीतिक परिवेशलाई समेट्दै समग्र राजनीतिमा पुनर्गठन र भरपर्दो वैकल्पिक राजनीतिक शक्ति निर्माण केन्द्रित रहेको बताइएको छ।
प्रकाशित: २० कार्तिक २०८२ ११:४४ बिहीबार





