२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको सचिवालयले भन्यो- ‘अदालतलाई प्रभावित पार्ने काम भएको छैन’

गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा पेस भएको एक उजुरीको विषयलाई लिएर प्रकाशित समाचारमा कुनै सत्यता नरहेको जनाएको छ।

सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचार पूर्णतः भ्रामक, कपोलकल्पित र अदालतलाई प्रभावित पार्ने दुराशयले प्रेरित भएको बताएको हो।

विभिन्न सञ्चारमाध्यममा रुपन्देही जिल्ला अदालतमा मुद्दाको पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सोको प्रतिलिपि सचिवालयबाटै पठाइएको भनी समाचार प्रकाशित भएको थियो।

गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त अभिव्यक्ति र समाचार अदालतलाई प्रभावित पार्ने र गृहमन्त्रीलाई तथ्यहीन दोषारोपण गर्ने गलत मनसायले प्रेरित रहेको उल्लेख छ।

सचिवालयले अदालत र न्याय परिषद्जस्ता सम्मानित निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रताप्रति गृहमन्त्री र सचिवालय सधैँ संवेदनशील रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा न्यायालयको गरिमामा असर पर्ने कुनै पनि कार्य नभएको र भविष्यमा पनि नहुने कुरामा आश्वस्त हुन आग्रह गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८२ १८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App