११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

राजीनामा दिने तयारीमा गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन् । पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनाकाको विषय उठेपछि गृहमन्त्री लेखक राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएपछि घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।  

जेन जीले काठमाडौंसहित देशका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको हो । 

प्रकाशित: २३ भाद्र २०८२ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App