२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

आजको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।  

नेपाली कांग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनाकाको विषय उठेको थियो । कांग्रेस नेताहरूले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ भनेपछि गृहमन्त्री लेखक राजीनामा दिने मनस्थितिमा पुगेका थिए ।  

ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी पुगेका थिए ।  

कांग्रेसको बैठक सकेर मन्त्रिपरिषदको बैठकमा सहभागी हुन बालुवाटार पुगेका लेखेकले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।  

जेन जीले काठमाडौंसहित देशका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको हो । 

 

प्रकाशित: २३ भाद्र २०८२ २०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App