१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री सुनसरी जाँदै

सुनसरीमा हालै भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र समग्र परिस्थितिको स्थलगत समीक्षा गर्न गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्।

गृहमन्त्री गुरुङले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका थिए। भेटपछि उनी प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका हुन्।

प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री सुनसरी प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

उनका अनुसार गृहमन्त्रीले सुनसरी पुग्नुअघि त्यहाँका जनप्रतिनिधिसँग समन्वय गर्नेछन्। स्थलगत भ्रमणका क्रममा उनले सुरक्षा निकायका अधिकारी, स्थानीय प्रशासन तथा सरोकारवालासँग छलफल गर्दै घटनापछिको अवस्था, शान्ति–सुरक्षा व्यवस्थापन तथा आवश्यक सरकारी कदमबारे समीक्षा गर्ने कार्यक्रम रहेको छ।

सुनसरीमा भएको घटनापछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको, प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न विभिन्न पक्षबाट संयम अपनाउन आग्रह भइरहेको सन्दर्भमा गृहमन्त्रीको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App