नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ।
गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबिच गृहमन्त्री सुदन गुरुङले आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
गृहमन्त्रीले आईजीपीलाई दज्र्यानी चिह्न लगाइदिने प्रयाक्टिस पहिलो पटक भएको हो। यस अघि गृह सचिवले लगाइदिने परम्परा थियो।
आईजीपी केसीको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १७:५० बुधबार





-600x400.jpg)