१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री अर्याल र मधेस प्रदेशकी गृहमन्त्रीबीच भेट, सुरक्षा सुदृढ बनाउन छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले विशेष भेटवार्ता गरेकी छन् ।  

भेटमा मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण र प्रदेश–सङ्घीय सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा गृहमन्त्री अर्यालले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै संघ र प्रदेश सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी र बलियो बनाइने विश्वास दिलाएका थिए । उनले सुरक्षा व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा संरचनागत सहयोग निरन्तर रहने उल्लेख गरे ।

गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पुनः दोहोर्याउँदै निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै निकाय परिचालित हुने बताए ।

उनले प्रदेशस्तरको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने आश्वासन  दिए ।  

मन्त्री अन्सारीले मधेस प्रदेशमा सुरक्षा चुनौती सम्बोधन गर्न संघ सरकारको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै निरन्तर समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरेकी छन् ।

 

प्रकाशित: १२ मंसिर २०८२ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App