निर्वाचन आयोगमा आज उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ। बैठक आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा आयोजना भएको हो।
निर्वाचनको मिति नजिक आएसँगै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ बैठक आह्वान गरिएको आयोगले जनाएको छ।
बैठकमा सुरक्षा निकायका उच्च अधिकारी, गृह प्रशासनका प्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरू सहभागी भएका छन्।
बैठकमा निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन, संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूको पहिचान, सुरक्षा जनशक्तिको परिचालन, आचारसंहिता कार्यान्वयनको अवस्था तथा सम्भावित चुनौतीहरूको मूल्यांकन लगायतका विषयमा छलफल भएको छ।
.jpeg)



.jpg)

प्रकाशित: १२ फाल्गुन २०८२ ११:२७ मंगलबार




-600x400.jpg)
