७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन स्थलमा भीषण वर्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भीषण वर्षा भएको छ।

चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटन समारोह सुरु हुनै लाग्दा मुसलधारे पानी परेको हो।

वर्षाकै बीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह महाधिवेशन स्थलमा प्रवेश गरेका छन्। दुई शीर्ष नेताहरू एकसाथ कार्यक्रमस्थल पुग्दा उपस्थित हजारौँ कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले पानीको प्रवाह नगरी भव्य स्वागत गरेका थिए।

महाधिवेशनको उद्घाटन सत्रको सञ्चालन पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरिरहेका छन्।

प्रकाशित: ७ असार २०८३ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App