८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‍मा आज पनि हर्क साम्पाङले प्लेकार्ड देखाएर गरे विरोध

श्रम संस्कृति पार्टी अयक्ष एवं सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकको सुरु मै विरोध गरेका छन्।

उनले संसद् सुरु हुने बित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका हुन्। प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए। यो निरन्तरता आज (बिहीबार) पनि जारी राखेका हुन्।

प्रकाशित: ७ जेष्ठ २०८३ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App