२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नो पार्टीले उपसभामुख पाएपछि हर्कले दिए एमाले र राप्रपालाई पनि धन्यवाद

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले उपसभामुखमा पक्ष र विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका हुन्। उनले आफ्नो उम्मेदवारलाई उपसभामुख पदमा समर्थन र मतदान गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्व तथा सांसदहरू र स्वतन्त्र सांसदलाई पनि धन्यवाद दिए। साथै तटस्थ रहने नकेपा एमाले र फरक उम्मेदवार खडा गर्ने राप्रपालाई पनि उनले धन्यवाद ज्ञापन गरे।

'आज हाम्रो उम्मेदवारलाई उपसभामुख पदमा समर्थन र मतदान गर्नु हुने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्व तथा माननीय सांसद ज्युहरूलाई हार्दिक धन्यवाद! स्वतन्त्र सांसद ज्युलाई पनि धन्यवाद! साथै तटस्थ रहने एमाले र फरक उम्मेदवार खडा गर्ने राप्रपालाई पनि धन्यवाद!' उनले लेखे।

प्रकाशित: २७ चैत्र २०८२ १९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App