२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री बन्दाको खुसीः सभापति देउवालाई खुवाए मिठाई

मधेस प्रदेशमा भर्खरै नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग खुसी बाँडेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका यादव मंगलबार सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवास पुगेर खुसी साँटेका हुन्।

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाए। त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ।  

मधेसको राजनीतिमा पहिलो पटक कांग्रेसले मुख्यमन्त्री पाएको हो। कांग्रेस संसदीय दलका नेता यादव लामो समयदेखि मुख्यमन्त्री बन्ने प्रयासमा थिए। उनी देउवानिकट नेताका रूपमा चिनिन्छन्।  

प्रकाशित: २३ मंसिर २०८२ १८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App