२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाही भन्छन्: डिएनएसबाट फेसबुक चलाउन गाह्रो भयो सरकार, आजै खोल्नुहोस्

फाइल तस्बिर

राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकले ‘संविधान मान्दिनँ’ भनेको भनी झुट बोलेको आरोप लगाएका छन्। उनले सरकारले जनताले सामाजिक सञ्जालमा विरोध गरेको कारण फेसबुक बन्द गरेको दाबी गरे। 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकले संविधान मान्दिनँ भनेर झुट बोले। संविधान नमान्नेले ठूला करदाता कार्यालयमा दर्ता भएर कर कसरी तिर्छ? सिधै भनिदिनुहोस्, सरकारको विरोध जनताले सामाजिक सञ्जालमा गरे, त्यसैले बन्द गरियो। बेलैमा बुद्धि पुर्‍याउनुहोस्, सरकार, आजबाट सामाजिक सञ्जाल खोल्नुहोस्। "गाह्रो छ हो हामीलाई डिएनएसबाट फेसबुक चलाउन।’

गत बिहीबार सरकारले फेसबुक, एक्ससहित २६ एप नेपालमा दर्ता नभएको भन्दै प्रतिबन्ध लगाएको थियो। 

प्रकाशित: २३ भाद्र २०८२ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App