गोरखा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका गुरुङले ९ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ८१ मतसहित दोस्रो स्थानमा रहेका छन्।
यी दुई उम्मेदवारबीच १ हजार २ सय ८१ मतको अन्तर रहेको छ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारीले ३ हजार ८ सय ५ मत प्राप्त गरेका छन्। उता, नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले भने १ हजार ७ सय ९ मत पाएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १६:३६ आइतबार





