१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले जेन-जी शहीद र घाइतेको योगदान खेर जान दिँदैन: मन्त्री खरेल

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताएका छन् ।  

मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको  स्मरण गर्दै  घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता जनाए ।  

आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले अहिलेको सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको बताए ।  

यो विद्यालयमा मन्त्री खरेलले कक्षा १ देखि १० सम्म पढेका थिए । आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउदै उनले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गरे ।

सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने उनले बताए । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने प्रतिवद्धता उनले जनाए । हालको सरकारको कार्यशैलीले जेनजी आन्दोलनका योगदानको सम्मान गरेको मन्त्री खरेलले बताए ।  

 

प्रकाशित: ७ मंसिर २०८२ २१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App