४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकारले जेन-जी आन्दोलनको छानबिन गर्ने, मृतक परिवारलाई १५ लाख राहत

असोज एक गते शाेक दिवस मनाउने

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका सम्पूर्ण घटनाको छानबिन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले समितिको संरचनाबारे भने टुंगो लाग्न बाँकी रहेका बताए ।  

सरकारले आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १५ लाख राहत दिने भएको छ । गृहमन्त्री अर्यालले मृतकका प्रत्येक परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख दिने निर्णय भएको जानकारी दिए ।  उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हस्तान्तरण हुनेछ । 

सरकारले आन्दोलनका क्रममा मारिएका सम्पूर्णको सम्झनामा आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय पनि गरेको छ । दिवसमा देशैभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उनले बताए । 

प्रकाशित: ३० भाद्र २०८२ १९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App