२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

अब सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने

शनिबार र आइतबार बिदा

सरकारले सरकारी कार्यालय तथा सबै शक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (चैत २३ गते)देखि नै लागू हुनेगरि सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । 

यस्तै कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म हुने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

प्रकाशित: २२ चैत्र २०८२ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App