सरकारले मिटरब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता प्रक्रिया अघि बढाउन एक सरकारी वार्ता टोली गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जानकारी दिए।
उक्त टोलीमा गृह, अर्थ, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिवहरू सदस्य रहनेछन्।
प्रकाशित: ३२ असार २०८३ १७:३० बिहीबार




