३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

मूल्यवृद्धि प्रति सरकार जानकार छ, गम्भीर छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाली बजारको मूल्यवृद्धिमा परेको प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन्।

संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले अन्तर्राष्ट्रिय परिस्थितिका कारण आन्तरिक बजारमा देखिएका चुनौतीहरूलाई सरकारले नजिकबाट नियालिरहेको बताएका हुन्।

‘खाडी द्वन्द्वले बजार मूल्यमा पारेको असरबारे सरकार जानकार छ र यसमा हाम्रो ध्यान पुगेको छ,’ उनले भने, ‘हामी यस विषयमा गम्भीर हुँदै काम गरिरहेका छौं।’

लामिछानेले मूल्यवृद्धि नियन्त्रण र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले आवश्यक पहलकदमी लिइरहेको दाबी गरे।

बैठकमा उनले रास्वपा सेवक र सहजकर्ताहरूको दल भएको स्मरण गराउँदै जनसरोकारका हरेक मुद्दामा मन्त्री र सांसदहरूलाई संवेदनशील भएर लाग्न निर्देशन दिए।

उनले सार्वजनिक सेवाको संस्कार बदल्नु नै अबको मुख्य प्राथमिकता हुनेमा जोड दिएका छन्।

प्रकाशित: १६ वैशाख २०८३ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App