२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील छः मन्त्री मेहता

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले इनरुवास्थित जिल्ला अस्पतालको निरीक्षण गरेकी छिन्।  

बुधबार अस्पताल निरीक्षण गर्दै उनले सेवा प्रवाहबारे जानकारी लिएकी हुन्।

त्यस अवसरमा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन्। साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिन्। उनले सेवाग्राहीसँग पनि कुराकानी गरेकी थिइन्।  

आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: २५ चैत्र २०८२ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App