२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारी हेलिकोप्टर संस्थाको निजी सम्पत्तिजस्तो गर्न भएन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकीमा आएको बाढीपछि सरकारलाई फराकिलो मनका साथ अघि बढ्न आग्रह गरेका छन्। उनले सरकारी हेलिकोप्टरको प्रयोग र उद्धार कार्यमा विगतमा कमजोरी भएको बताउँदै त्यस्ता घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले विपद्का बेला सरकारले सबै पक्षलाई समेटेर काम गर्नुपर्ने बताए। 

उनले सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो नगर्न आग्रह गरेका छन्। 

भदौ १० मा त्रिशूलीमा बाढी आउँदा सरकारले गरेको कमजोरी नदोहोर्‍याउन र प्रभावितको उद्धारमा प्रभावकारी भूमिका खेल्न सरकारलाई आग्रह गरे। 

‘यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु। सरकार फराकिलो मन र फराकिलोपनका साथ उद्धार कार्यमा अगाडि बढोस्,’ उनले भने। 

साथै उनले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा सरकारले सर्वदलीय समिति बनाउनसमेत नसकेको बताए। 

प्रकाशित: २५ आश्विन २०८३ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App