४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारले भारतलाई कूटनीतिक नोट पठाइसक्यो : प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले सीमा समस्या समाधान गर्नका लागि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन्। उनले भारतसँग कूटनीतिक संवादबारे पनि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

दुई देशबीच संवाद सुरु भइसकेको र परराष्ट्र मन्त्रालयले आवश्यक काम कारबाही अगाडि बढाइरहेको बताए। उनले भने, ‘डिप्लोमेटिक नोट अनुसार दुई देशबीच संवाद भइरहेको छ। वार्ता हुन्छ।’

प्रकाशित: २५ वैशाख २०८३ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App