नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौं जिल्ला अधिवेशनले रत्नकाजी महर्जन ‘मन’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौं बालाजुमा शनिबार सम्पन्न अधिवेशनले महर्जनको अध्यक्ष्तामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
कार्य समिति उपाध्यक्षमा वीरेन्द्र शाक्य, महिला उपाध्यक्षमा विमला मानन्धर, सचिवमा राजेन्द्र मानन्धर ‘नीलः’, सहसचिवमा सुविन्द्र श्रेष्ठ, महिला सहसचिवमा तुलसी केशरी प्रजापति तथा कोषाध्यक्षमा प्रशान्त डंगोललाई निर्वाचित भएका छन्। सदस्यहरूमा कृष्णमान श्रेष्ठ, रश्मी नापित, सलिना शाक्य, रविन्द्र बज्राचार्य, नहकुल महर्जन, अस्मिता श्रेष्ठ, सागर राजलवत र किचः सिंह चयन भएका छन्।
महाधिवेशनले केन्द्रीय सभासद्मा गंगादेवी महर्जन, प्रेमकुमार श्रेष्ठ, सुगतरत्न सिन्दुराकार, प्रवीणकुमार महर्जन, मनोज श्रेष्ठ ‘सार्थक’, जुजुमान महर्जन, दिलिप शाही, सुगम ताम्राकार र राजेन्द्रकुमार महर्जन ‘पुता’लाई निर्वाचित गरेको छ।
त्यसैगरी बागमती प्रदेश सभासद्मा विराजकाजी राजोपाध्याय, रविन महर्जन, सुरज मानन्धर, उमेश मानन्धर, मदनराम कर्माचार्य र कुसुम बज्राचार्य चुनिएका छन्।
प्रकाशित: ४ श्रावण २०८३ ११:०३ सोमबार




-600x400.jpg)
