५ श्रावण २०८३ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै सोमबार सुन प्रतितोला  दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८३ ११:१९ सोमबार