२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

प्रसाईँले भने–एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन

राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई सरकारकाले आइतबारसम्मको भाका दिएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँ समूहको वार्ताका क्रममा सरकारी पक्षले आइतबारसम्मको भाका दिएको दाबी गरिएको छ। 

वार्ता पछि पत्रकारसँग कुराकानी गर्दै प्रसाईँले सो कुराको दाबी गरेका हुन्। उनले भने, ‘उहाँहरूले हामीलाई आइतबारसम्मको समय दिनुभएको छ।’ प्रधानमन्त्री कार्कीले नै ‘आइतबार हामी सकौँ, सही गरौँ दुई पक्ष बसेर’ भनेको उनले दाबी गरे। ‘सोमबारको क्याबिनेट(मन्त्रिपरिषद्) छ हामी त्यसबाट पास गर्छौँ। सकेनौँ भने हामी आइतबारको दिन सकेनौँ भन्छौँ भनेर भन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै प्रसाईँले भने। 

आफूले उठाएका मुद्दा आफ्ना  निजी मामिला नभई देशका मुद्दा भएको दाबी गर्दै प्रसाईँले सोही कुरा भनेको उनले बताए। ‘आइतबार सकौँ, आइतबार तपाईँहरूले सक्नुभएन भने हामी सोमबारदेखि एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन,’ प्रसाईँले भने। 

प्रकाशित: १७ पुस २०८२ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App