सरकारले हरेक वर्ष भदौ २३ गतेका दिन जेन–जी शहीद दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेको जेन–जी आन्दोलनको अवसर पारेर हरेक वर्ष शहीद दिवस मनाउने निर्णय गरेको हो।
बैठकपछि सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सरकारको निर्णयबारे जानकारी दिएका हुन्। यस्तै जेन–जी आन्दोलनका शहीद परिवारलाई परिचयपत्र दिने निर्णय पनि भएको उनले जानकारी दिए।
सरकारले भदौ २३ र २४ गते मारिएका ४५ जना मृतकलाई जेन–जी शहीद घोषणा गरेको छ।
प्रकाशित: १५ मंसिर २०८२ १९:५७ सोमबार




