सरकारले आगामी निर्वाचन निर्धारित मितिमा नै हुने जनाएको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारी पूर्ण रहेको भन्दै नागरिकमा अस्वस्थता नहोस् भनी आश्वस्त पारेका छन्।
क्याबिनेटको निर्णय सार्वजनिक गर्दै सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘फागुन २१ भन्दा पछि हुँदैन। सरकार त्यही तयारीमा छ। निर्वाचन गराउने जिम्मेवारी केवल सरकारको होइन, आयोग, राजनीतिक दल र सरोकारवालाहरू सबैको भूमिका छ। निर्वाचन आयोगको निर्णयहरू पर्खिऔँ, म यत्ति भन्छु।’
उनले यसअघि पनि निर्वाचनका सबै स्टेकहोल्डरले समान रूपमा भूमिका खेल्ने बताएका थिए। यसले अहिले कांग्रेसभित्रको आधिकारिकता विवादका कारण निर्वाचन स्थगित हुने आशंका विराम लगाउने छ।
प्रकाशित: २ माघ २०८२ १९:२५ शुक्रबार





