२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

धार्मिक विद्वेष फैलाउनेलाई रोक्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन्।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २१ पुस २०८२ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App