११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई

नेकपा (एमाले)ले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ। प्रमुख सचेतक भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि एमालेले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई दिएको हो।  

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदीय दलको विधान, २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार भट्टराईलाई राष्ट्रिय सभामा सत्ता पक्षको प्रमुख सचेतक नियुक्त गरेका हुन्। संसदीय दलका नेता ओलीले विधान बमोजिम भट्टराईले आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नेमा विश्वास्त रहेको बताएका छन्।  

रुपन्देही तिलोत्तमाका भट्टराई लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्।

प्रकाशित: १ श्रावण २०८२ १७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App