१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गोकुलको प्रश्न : राज्य संयन्त्र बेखबर कि बेपरवाह?

फाइल तस्बिर

नेकपा एमालेका नेता गोकुल बास्कोटाले तत्कालिन केपी शर्मा ओली नेतृत्वको राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। 

उनले लेखेका छन्, ‘सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो? के त्यो भूकम्प, सुनामी वा टाइफुनजस्तै अचानकको विपत्ति मात्र थियो? राज्य संयन्त्र बेखबर थियो, बेपरवाह थियो।’ 

भदौ २३ र २४ को जेन–जी आन्दोलनबाट ओली सरकार पतन भएपछि उनको यस्तो टिप्पणी आएको हो। उनले अगाडि भनेका छन्, ‘कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधारबारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान।’ 

उनले लेखेका छन्, 
सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त? के त्यो भूकम्प,सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ?राज्य संयन्त्र बेखवर थियो,बेपरवाह थियो।कारणको खोजी,भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधारबारे कुरा गर्न मिल्दैन भने वेक अप कल  नै डिलिट हान।

प्रकाशित: ७ आश्विन २०८२ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App