नेकपा एमालेका गोकुल बास्कोटाले देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका छन्।
आजका मिडिया र सामाजिक सन्जाल हेर्दा देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका हुन्। उनले सरकारका मन्त्रीहरूको सार्वजनिक भएको सम्पत्तिलाई डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेको संज्ञा दिए।
'आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो। देश लंका बनिसकेछ, डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ।,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्वृद्धि आएछ -सुशासन त्यहीबाट आरम्भ भै हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे, त्यो दूर भएछ-झिक्कै झिक्कै मया तम्लाई!'
प्रकाशित: ३० चैत्र २०८२ ०९:०१ सोमबार





