नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीका नेताहरूका प्रति व्यङ्ग्य कसेका छन्।
मङ्गलबार (आज) काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले नेताहरूका प्रति व्यङ्ग्य कसे।
केपी शर्मा ओली, पुष्पकमल दाहाललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले व्यङ्ग्य कसेका हुन्।
'लिडरसीपको कुरा गर्दा त कस्तो भयो भने अघि मैले भनिसकेँ, म १४ वर्ष जेल बसेको, मलाई प्रधानमन्त्री चाहियो। म जनयुद्ध लडेको, प्रधानमन्त्र मैलाई चाहियो। पहिले म नेता थिएँ, अब पनि मै नेता हुँ। यो कुनै तर्क हो ? यो कुनै इतिहासको तर्को हो ? इतिहास; इतिहास पनि मिटरब्याज जस्तो बढेको बढ्यै गर्छ ? हाम्रो नेतृत्व हो कि मिटरब्याजीहरूको गठबन्धन हो ?,' उनले भने।
प्रकाशित: ६ श्रावण २०८२ १५:४३ मंगलबार





