जेन–जी अभियन्ता भावना राउतले राजनीतिमा देखिएको नकारात्मक परिवर्तनलाई जेन–जी पुस्ताले अन्धभक्त बनेर स्वीकार गर्न नसक्ने बताएकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले नयाँ राजनीतिक शक्तिहरूले समानुपातिक प्रणालीलाई जसरी प्रयोग गरेको छ त्यसलाई अन्धाधुन्ध समर्थन गर्न नसकिने बताएकी छिन्। राउतले समानुपातिक सूची नसच्याए प्रत्यक्षतर्फ उम्मेदवार हेरेर मतदान गरिने तर समानुपातिकतर्फ कुनै पनि पार्टीलाई आँखाबन्द गरेर समर्थन नगर्ने चेतावनी दिएकी छिन्।
उनले नयाँ राजनीतिक शक्तिलाई समर्थन गर्न अगाडी उभिदै गर्दा प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि आवश्यक रहेको बताएकी छिन्।
प्रकाशित: १६ पुस २०८२ १०:०१ बुधबार





-600x400.jpg)