२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रोल्पामा पनि जेन–जीको प्रदर्शन

रोल्पा सदरमुकाम लिवाङमा पनि जेन–जी पुस्ताको प्रदर्शन भएको छ। सरकार र भ्रष्टाचार विरोधी नारा लगाउँदै युवाहरूले बजार परिक्रमा गरी कोण सभा गरेका थिए। 

सोमबार भएको आन्दोलनमा १९ जनाको मृत्युपछि उनीहरूले सरकार विरोधी आक्रोशित नारा लगाउँदै र्‍याली निकालेका थिए।  

रोल्पाको लिवाङमा विद्यार्थीहरूले जेन–जी आन्दोलनमा सरकारद्वारा दमन गरिएको घटनाप्रति विरोध जनाउँदै र्‍याली निकालेका हुन्। प्रदर्शनमा ‘विद्यार्थी मार्न पाइँदैन, भ्रष्ट सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए। 

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ठूलो संख्यामा कर्मी खटाइएको थियो। उनीहरूले साँझ श्रद्धाञ्जली सभा समेत गर्ने जनाएका छन्।  

रुन्टिगढी गाउँपालिकाले १९ जनाको मृत्युमा पालिकाभर शोक विदा दिएको छ भने रोल्पाका निजी विद्यालयहरूले पनि शोक विदा दिएका छन्। रोल्पाका मोबाइल व्यवसायीले पनि आजका लागि पसल बन्द गरेका छन्।  

प्रकाशित: २४ भाद्र २०८२ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App