१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलन : पूर्वराजा शाहले के भने ?

पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेका छन्।

उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेन-जी पुस्ताले देश र समाजका लागि राम्रो काम गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा गरेको विरोध प्रदर्शनले उठाएको आक्रोश सबैको चासोको विषय भएको बताएको छ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते बनाउनु दुखद् र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत छ।’

ज्यान गुमाएकाप्रति पूर्वराजा र पूर्वराजपरिवारले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आन्दोलन हिंसात्मक र अराजक नहोस् तथा कसैको घुसपैठ नहोस् भन्ने धारणा पनि पूर्वराजाले राखेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App