३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

गगन-शेखर भेट: पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने सहमति

पार्टीको आन्तरिक विवाद समाधान भएसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच राजनीतिक सक्रियता बढ्न थालेको छ। सभापति गगनकुमार थापा र नेता डा.शेखर कोइरालाबीच लामो समयपछि औपचारिक भेटवार्ता भएको छ।

दुई नेताबीच मंगलबार विशालनगरमा रहेको कोइरालाको सचिवालयमा करिब ४५ मिनेट भेटवार्ता भएको हो। भेटमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा कार्यदिशाबारे छलफल भएको सभापति थापाको सचिवालयले जनाएको छ। नेताहरूबीच आपसी सहकार्यलाई प्राथमिकता दिने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो।  

अदालतले पार्टीको आधिकारिकता दिएपछि सभापति थापाले शीर्ष नेताहरूसँग चरणबद्ध छलफल गर्दै आएका छन्। उनले  पार्टीभित्र सहमति र सहकार्यको वातावरण बनाउने प्रयास गरिरहेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App