२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

मतदातासँग गगनको आग्रहः कांग्रेस बदलेर नयाँ बनाएका छौँ, एक पटक सोचिदिनुस्

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कांग्रेसलाई बदलेको दाबी गर्दै एक पटक सोचिदिन मतदातालाई आग्रह गरेका छन्। बुधबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै सभापति थापाले बदलिएको कांग्रेस २.० भन्दै टिप्पणी गरे।  

‘हामी कांग्रेसलाई बदलेर आएका छौँ। बदलिएको नेपाली कांग्रेसले देशलाई बदल्छ,’ थापाले भने, ‘यो नयाँ नेपाली कांग्रेस हो,  यो कांग्रेस २.० हो ।’ नयाँ कांग्रेसले पुराना राम्रा कुरा मात्रै लिएर नराम्रा कुरा छाडेको उनले बताए। उनले अगाडि भने, ‘जसले पुराना कांग्रेसका सबै असल कामलाई लिएको छ, खराब कुराहरूलाई छाडेको छ । तर नयाँ युगको नयाँ मागलाई स्वीकार गरेर अगाडि आएको छ ।’  

प्रकाशित: २१ माघ २०८२ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App