२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

जसपा र रामुपाबीच कार्यगत एकता, तीन तहको सङ्गठनात्मक संरचना रहने

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार (आज) काठमाडौंमा आयोजित एक समारोहका बीच जसपा र रामुपाबीच कार्यगत एकता भएको हो।

कार्यगत एकताको सहमतिपत्रमा जसपा अध्यक्ष अशोक राई र रामुपा अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा तीन तहको सङ्गठनात्मक संरचना रहने उल्लेख छ। जसमा केन्द्रीय, प्रादेशिक र स्थानीय तह रहनेछन्।

सहमति भएबमोजिम केन्द्रीय तहको संरचनामा अध्यक्षहरूसहित दुबै पार्टीबाट ७/७ जना सदस्य रहनेछन् भने प्रादेशिक र स्थानीय संरचनामा क्रमश: प्रदेशका अध्यक्षहरूसहित ५/५ र स्थानीय तहका अध्यक्षसहित ३/३ सदस्य रहनेछन्।

यस्तै दुई पार्टीहरूबीच पालैपालो बैठकको अध्यक्षता गर्ने पनि सहमति भएको छ। जसपा र रामुपाबीच एकले अर्कोविरुद्ध आरोप प्रत्यारोप गर्न नपाउने आचारसंहिता राखिएको छ।

दुई पार्टीले अहिले कार्यगत एकता गरे पनि पछि पार्टी एकता नै मुख्य उद्देश्य भएको जनाएका छन्। त्यसैले उनीहरूले यसलाई 'एकता उन्मुख कार्यगत एकता' भनेका छन्। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको जसपा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विभाजित भएर बनेको रामुपाबीच कार्यगत एकता भएको हो।

यस्तो छ सहमतिपत्र-

 

 

प्रकाशित: २९ श्रावण २०८२ १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App