कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका मंगलबहादुर शाहीको आज शपथ ग्रहण गर्ने भएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता शाही नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा मंगलबार अपरान्ह ५ः०० बजे एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि पेस गरिएको दाबीका आधारमा नेता शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
यसअघि गत साउन ९ गते नेकपा एमाले र नेकपाबिच कर्णालीमा सत्ता समीकरणका लागि राष्ट्रिय सहमति जुटेको थियो।
प्रकाशित: १३ श्रावण २०८३ ०७:३० बुधबार





