नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द 'विप्लव'ले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन्।
जेनजी विद्रोहपछि कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। विप्लवले चार बुँदामा आफ्नो धारणा राखेका छन्।
नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता, कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी, कम्युनिस्टहरू र मित्रहरूका बीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको भनाइ राखेका छन्।
साथै उनले एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्राे भइसकेको बताए। उनले लेखेका छन्, 'समयले धेरै पछि छोडिसक्यो। यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो। इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ।'
प्रकाशित: १५ कार्तिक २०८२ ०८:०१ शनिबार





