२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका नेकपा एमालेका चार जना मन्त्रीहरुले एकैसाथ राजिनामा दिएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि सरकारमा रहेका चार मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन्।

सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा सीता शर्मा चौधरी रहेका छन्।

मुख्यमन्त्री आचार्यले पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई अवसर दिन सो कदम चालेका हुन्। नयाँ मन्त्रीका लागि डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र  रत्न खत्रीको नाम सिफारिस गरिएको बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App