पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज (बिहीबार) थप चार पार्टी समाहित हुने भएका छन्।
आज दिउँसो १ बजे जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबिच एकता घोषणा हुन लागेको नेकपा संयोजक दाहालको निजी सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: ११ मंसिर २०८२ ११:२५ बिहीबार





