पूर्वसभामुख देवराज घिमिरेले मतदान गरेका छन्।
उनले झापा–२ अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार समेत रहेका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन्।
मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:१८ बिहीबार





