चार पटक सांसद जितेका कपिलवस्तुका विजेशकुमार गुप्ताले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।
एमाले त्यागेका गुप्ता मंगलबार सो पार्टीमा प्रवेश गरी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावमा पूर्व लुम्बिनी प्रदेश सदस्य धर्मबहादुर लाल श्रीवास्तव र समर्थकमा रामराज चौधरी रहेका छन्।
२०५६ सालमा राप्रपा २०६४ र २०७० मा तमलोपा २०७४ मा एमालेबाट संसद जितेका थिए। २०७९ मा एमालेबाट भने उनी झिनो मतले प्रभावित भएका थिए। गुप्ता जिल्ला समन्वय समिति रहेको निर्वाचनको अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
गुप्ताले आफू अझै पनि स्वतन्त्र रहेको र सो पार्टीको चुनाव चिह्न मात्र लिएको दाबी गरेका छन्।
प्रकाशित: ६ माघ २०८२ १३:४३ मंगलबार





