विशेष अदालत काठमाडौंले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि नेता कार्कीलाई १५ लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको हो। थुनछेक बयानका लागि कार्की विशेष अदालतमा हाजिर भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअर्थमन्त्री कार्कीसहितका प्रतिवादीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित: २५ श्रावण २०८३ २१:४२ सोमबार





